![]()
काठमाडौ,बैशाख ।
संघीय संसद बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी गराउने कार्यसुचि रहेको छ । भ्रमणका बेला भएका उपलब्धिका बारेमा प्रधानमन्त्री ओलीले जानकारी गराउन लागेको ओलीको निजी सचिवालयले जनाएको छ ।
यस्तै, संसदका दुवै सदनमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलले आजपनि निरन्तरता पाउने छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका कारण रोकिएको छलफलले आजदेखि निरन्तरता पाउन लागेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले गएको २६ गते आगामी आर्थिक वर्ष २०७५–०७६ को बजेटका प्राथमिकता तथा सिद्धान्त पेश गरेका थिए ।


