Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

एजेन्सी । ओपोले हालै सार्वजनिक गरेको फोन ओपो ए८३–२०१८ ओपो ए ८३ को परिस्कृत भर्जन हो । ३१८० एमएएच ब्याट्री जडान गरिएको ए ८३को मूल्य रु. २७,४९० निर्धारण गरिएको छ ।

फोनमा जडित ४ जीर्बी यामले तिब्र कार्य क्षमता प्रदर्शित गर्छ साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेषगरी यूवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउँछ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ ।

एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल शेयरिङका लागि उपलब्ध गरिएको ओ(शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ ।

फोनमा फेस अनलक सुविधापनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन अनलक गर्नु पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।

८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा उत्कृष्ट देखाउन सघाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.