![]()
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपाली माथि गरेका कुकर्मको आलोचना गर्दा कुनै नेपाली बहुलाउनु पर्ने कारण नहुनुपर्ने हो तर केही नेपाली बहुलाउन लागेको देखिदा तिनको भातभान्सा चुलोचौका पनि मोदीले नै चलाईदिएकै हुन् कि भन्ने शंका उब्जदै छ । नेपालीले पाहुनाको सत्कार मज्जाले ससम्मान गर्ने हो तर पाहुनाको तलुवा चाट्ने भनेको हैन ।
हजारौं वर्षदेखि सदा स्वतन्त्र रहदै आएको देवभूमि नेपाल जस्तो मुलुक भुटान बाहेक यसक्षेत्रमा कुनै अर्को छैन। भारत त स्वतन्त्र भएको जाबो ७१ वर्ष न भयो । हजारौं वर्ष पराधीन रहेको त्यहॉको रगतमा स्वतन्त्रताको रक्तकण बग्न र पन्चशील एवं सहिष्णुताको मनस्थिति पुनस्थापित हुन अझै सयकडौं वर्ष लाग्नेछ । उसको छिमेकी कसैसंग मित्रवत सम्बन्ध पनि रहेको छैन । उपनिवेशिक दास मानसिकताकै कारण लोकतान्रिक तर सामन्ती भारत प्रतिभावानरक्षमतावान हुदा हुदै पनि अपेक्षित समृद्ध हुन सकेन।
सुशासन,शान्ति,समृद्धि पुनस्थापित हुन भारतले अझ धेरै पापड बेल्नुपर्नेछ । नेपाल गरिब छ तर स्वाभिमानी छ, सहिष्णु छ कुनै मुलुकको पनि अहित सोच्दैन। बसुदैव कुटुम्बकम् धर्म पालन गर्छ । सबै जातधर्म समुदायसंग मिलेर वस्छ । कष्ट असुविधा भोग्न परेपनि थोरै खाना बनारसमा रहनछ भन्ने जीवन शैलीमा खुशी रहन्छ । अरूको घरायसी मामलामा चियो गर्दैन । सबैलाई दयामाया गर्छ क्षमाशील छ ।शालिन तरिकाले कसैले अनुरोध गरे सर्वस्व दान पनि गर्छ तर हेप्यो जबरजस्ति गर्यो पेल्यो भने नेपाली अन्तिम थोपा रगत रहेसम्म बरू निमिट्यान्न हुन्छ तर झुक्दैन ।
मोदीले पनि महसुस गरे होलान्, ६ महिना नाकाबन्दी गर्दा र त्यत्रो भुकम्पको त्राशदीमा पनि नेपाली झुकेन, डगेन,बिचलित भएन दासत्व स्वीकारेन ।भारत नेपालको आदर्श लोकतन्त्र हैन । हो नेपालका नेताहरू कॉतर फटाहा छन् र हुदै आएका हुन् तर जनता ती भन्दा धेरै उत्कृष्ठ देशभक्त र साहसी छन् । यहॉ जति चॉडो नेताहरूलाई शिखरमा चढाईन्छ, देवत्वकृत गरिन्छ त्यति चॉडो ती पछारिईन्छ, राक्षसीकृत हुन्छन् ।
यसको मूल कारण नेपालीको दिगो देशप्रेम नै हो । नेपाली आक्रमण गर्दैनन् तर आक्रमण सहन्नन् पनि । विश्वका १७५ मुलुकमा अहिले नेपाली छरिएका छन् र नेपाली समाज झन्झन बलियो हुदै गएको छ । हिजो कुवॉको भ्याकुता जस्तो हुदा त नेपालीले स्वाभिमान कायम राख्यो भने अब त उ खुला आकाशमा झन् स्वतन्त्र छ । नेताहरूले घरिघरि आची मात्र नखाईदिए मात्र सबै ठीकठाक हुन्थ्यो।तर पनि जयजयकार गरौ, दिपाबली गरौ जसको कारण उनलाइ नाकाबन्दी भुल रहेछ भन्ने परोस। न्याउरी मारी पछुतो होस।
लेखक : निरोज पौडेल, केन्द्रीय सदस्य,युवा संघ नेपाल


