Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दिलबहादुरको ज्यान जोगाउन उपराष्टपतिका पुत्र दिपेश पुन कस्सिएः६५ लाख संकलन म गर्छु भन्दा पीडित परिवार भक्कानिदै रोए…

Loading

काठमाडौ,बैशाख ।
साउदीअरबको अदालत ले ब्लडमनी तिर्न नसकेर जेलमा रहेका रोल्पाका दिल बहादुर घर्ति मगरलाई मृत्यु दण्ड बाट बचाउन उपरास्ट्रपति पुत्र दिपेश पुनले अभियान सुरु गरेका छन् । दिपेश पुनको नेतृत्वमा ६५ लाख आर्थिक संकलन कार्य सुरु भएको हो । काठमाडौमा बुधबार पत्रकार सम्मेलन गरि अभियन्ता पुनले ब्लडमनी संकलन अभियानको सुरुवात बारे जानकारी दिँदै आर्थिक संकलनमा सबै पक्ष संग सहयोग गरिदिन आग्रह गरेका छन् । बिगत २ बर्ष देखि साउदीको जेल मा रहेका दिल बहादुरले चलाएको ट्रक साउदी नागरिकले चलाएको कार ठोक्किन आउदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिल बहादुरको ७५ प्रतिशत गल्ति देखाई मृतकका परिवारलाई २ लाख २५ हजार रियल क्षतिपूर्ति को फैसला गरिएको थियो । जसको नेपालीमा करिब ६५ लाख हुने गर्दछ ।
जीवन रक्षाका का लागि रोल्पा देखि काठमाडौँ सम्म आएर अपिल गरिरहेका दिल बहादुरको परिवारले दिपेश पुनलाई भेटेपछि धेरै आशा पलाएको पत्नी मनिका बुढाले बताएकी छिन् । पत्रकार सम्मेलनमा पुनले तपाइहरु ढुक्क हुनुस हामी दिल बहादुरको जीवन रक्षा गरेर नेपाल फर्काउने छौ र यसका लागि आजैबाट अभियान थालेको छु भनेर घोषणा गर्दा पीडित घर्तिमगरका परिवार सदस्यहरु भक्कानिदै रोएका थिए ।
पत्रकार सम्मेलनमा दिपेश पुनले भनेः‘देश तथा विदेशमा रहेका संम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई जीवन रक्षाका लागि अपिल गर्दछु र आज बाट यो मेरो जीवनकै महत्वपूर्ण काम रहनेछ,सबैलाई सहयोगको लागि गर्दछु ।’
दिलबहादुर कि पत्नी मनिका बुढाले पत्रकार सम्मेलनमा भनिन्ः‘मेरो श्रीमान बचाउन सक्ने मेरो हैसियत छैन,सबैको सहयोगले मात्रै उहा बच्नुहुन्छ ।’
११९००२८६०७१० खाता नं. रहेको नेपाल राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा रहेको अभियानका संयोजक दिपेश पुन, सचिब जीवन रोका र दिल बहादुर कि पत्नी मनिका बुढा मगरको नाम को खाता नं. मा पैसा जम्मा गरि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५ का अभियन्ताहरुको नाम र सम्पर्क नम्बर यसप्रकार छः–
सम्पर्क
दिपेश पुन (संयोजक)
जिवन रोका(सचिब) ९८५११९७२५८
मनिका बुढा (दिलबहादुरको श्रीमती) ९८४४९६९५४९
दिलबहादुरको परिचय
ठेगानाःरोल्पा नगरपालिका १० साविक धबाङ ५ पेवा रोल्पा
उमेरः३० वर्ष
बुवाआमाःरामबहादुर घर्ती÷बिमाकुमारी घर्ती
श्रीमतीःमनिका बुढामगर
सन्तानःछोरी नमुना ८ वर्ष, छोरा साइन्स ४ वर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.