Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चलचित्रकर्मी नवल खड्काको चेतावनीः‘छिमेकका कार्यकारी प्रमुखको स्वदेशमा शीर नुहाएर स्वागत गर्नै पर्ने हो ?’

Loading

काठमाडौ,बैशाख ।
चलचित्रकर्मी तथा सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण बारे टिप्पणी गर्दै भनेका छन्ः‘मित्र त्यसमाथि छिमेकका कार्यकारी प्रमुखको स्वदेशमा शीर नुहाएर स्वागत गर्नै पर्ने हो तर, शीर नुहाउनु भनेको स्वभिमान नुहाउनु होइन ।’
उनले भनेका छन्,घर कमजोर भएका वखत पाहुनाको स्वागत गर्नु र पाहुना लाग्नु हुदैन । यदि सुरक्षाको प्रत्याभूति छैन भने नेपालको सरकारले मित्र राष्ट्रका प्रमुखलाई आमन्त्रण गर्नु हुदैनथ्यो वा आमन्त्रणा स्वीकार गर्नु हुदैनथ्यो । यसैगरी वीर गोर्खालीको देशमा सुरक्षा कमजोर छ भनेर म मान्न सक्दिन । नेपालको सरकार र भारतीय सरकारले सुनेको हुनुपर्छ ।‘मृत्युसँग डराउँदिन कसैले भन्यो भने कि त त्यो गोर्खा हो कि पागल हो ।’ उनको तर्क छ ।
मोदीको सुरक्षाको लागि भन्दै भारतीय कमाण्डो नेपाल आएको शन्र्दभमा खड्काको आक्रोश छः‘त्यसो भए भारतीय सरकार आउँदा भारतीय सुरक्षा दल र कमाण्डो किन ? उत्तर प्रष्ट छ हाम्रो उठेको देशभक्तिको स्वभिमान नुहाउन नै हो ।’
अब राष्ट्रवादको नारा दिएर बनेको ओली सरकारमाथि सन्देह उठेको छ–के भारतीय प्रधान मन्त्रिको भ्रमण नेपाली जनताको जाग्दो देशभक्ति र स्वभिमानका लागि फलदायी छ ? यसका लागि ओली सरकारले भारतीय समकक्षीसँग निम्न प्रस्ताव गरोस् ता कि हामी ओली सरकारको राष्ट्रवादको परख गर्न सकौं ।
वर्तमान सरकारलाई खबरदारी गर्दै अभिनेता खड्का लेख्छन्ः‘ओली सरकार…?
१.मुलुकको संविधान निर्माण गरेको कारण लगाइएको नाकाबन्दीबाट नेपाली जनतालाई परेको पीरमर्काप्रति क्षमा माग्न अनुरोध गर
२. अघि गरिएका दुईपक्षीय सहयोगबारे स्पष्ट मूल्याकंन गर तथा नेपाली जनतालाई जानकारी दे । साथै नेपालको जलस्रोत र सम्पदा कव्जा गर्न गरिएका खासगरी जलमार्ग, राजमार्ग, जलस्रोतसम्बन्धी कुनै पनि स्तरका समझदारी नगर
३.मुलुकबीच सिमानामा काँडेतार बार लगाउने र पासपोर्ट तथा वर्क परमिटको व्यवस्था गर्ने सहमति गर
४. समयसमयका असमान सन्धि खारेज गर्दै मित्रवत तथा समनानताका आधारमा दुईपक्षीय मैत्रीपूर्ण सन्धी गर
५. सीमा क्षेत्रमा भारतबाट नेपाल सरकारको अनुमति बेगर बनाइएका बाटो, बाँधबारे तथा सीमा क्षेत्रमा बारबार भइरहने भारतीय सुरक्षा दस्ताहरुबाट हुने आक्रमण, धम्की र अपराध अन्त्य गरिने प्रत्याभूति माग ।
र,अन्तिममा उनको प्रधानमन्त्री ओलीलाई चेतावनी छः‘चेतना होस्, नेपाली राष्ट्रवाद भनेको सरकार उक्लने भर्याङ होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.