Breaking News.... EverestOnlineKhabar
June 26, 2026

आगामी आर्थिक वर्षको बजेट वामपन्थी घोषणापत्रमा आधारित हुने….

Loading

काठमाडौ,बैशाख ।
सरकारले आगामी आर्थिक बर्षको बजे वामपन्थी घोषणापत्रमा आधारित भएर ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा पत्रमा उल्लेख समृद्धिको लक्ष्य अमुर्त नारामात्र नभएको बताएका छन् । आगामी बजेटका सिद्धान्त तथा प्राथमिकताबारे संसदलाई जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले इमान्दार प्रयत्न गरे समृद्धिको लक्ष्य टाढा नभएको दावी गरे । आगामी आव २०७५–७६ को लागि आवश्यक बजेट विनियोजन विधेयक २०७५ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले चरम गरिवीलाई शून्यमा पु¥याउँदै आधुनिक नेपाल तय गर्नमा आगामी बजेट केन्द्रित हुने बताए ।
कमजोर वित्तीय धरातलमा टेकेर गर्नुपर्ने द्रुत विकासको यात्रा चुनौतिपूर्ण रहेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले राजनीतिक अस्थिरताले आर्थिक विकास सन्तुलित हुन नसकेको उल्लेख गरे । यस परिप्रेक्षमा वामपन्थी घोषणापत्रको सिद्धान्तलाई आधार मानेर अर्थमन्त्रीले नीति तथा कार्यक्रम ल्याउने बताए । संसदमा बोल्दै उनले भनेः‘आगामी बजेटमा चौधौं पञ्चवर्षिय योजनाअनुरुप नेपालको प्रतिवद्धता जनाएको अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य प्राथमिकतामा छ ।’
उनका अनुसार संविधानले परिकल्पना गरेको समाजवाद आर्थिक प्रणालीको निर्माण गरी परनिर्भरताको अन्त्य गर्ने आधारशीला तय गर्नेछ । यसका साथै अर्थमन्त्रीले संघीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच उच्चतम एकता, सहयोग र समन्वयमा जोड दिइने बताए । प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँड र अनुदान उपलब्ध गराइँदै हाल संघबाट सञ्चालित कार्यक्रम तथा आयोजना आवश्यक स्रोतसहित सोही प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारको योजना रहेको छ ।
यसैगरी संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पूर्वाधार विकास सेवाप्रवाहमा लागत सहभागिताका आधारमा सहकार्य गर्ने र सरकारी खर्च प्रणालीमा वित्तीय विनियोजन दक्षता कायम गर्दै उपलब्ध साधनको न्यायोचित बाँडफाँड गरिने अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको सिद्धान्तमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.