Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सुनकाण्डका अभियुक्तहरुको बहस आजदेखि, ४३ वकिलले लेखाए नाम….

Loading

विराटनगर,बैशाख ।
जिल्ला अदालत मोरङमा तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे आजदेखि थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस भनेको उनीहरुलाई थुनामा राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस हो।
प्रहरीले पक्राउ गरी अदालत पुर्‍याएका ३० अभियुक्तका तर्फबाट बहस गर्न भन्दै अहिलेसम्म ४३ जना वकिलले वकालतनामा बुझाएका छन्। अभियुक्त तुलाराम थारूका तर्फबाट बहस गर्न लागेका अधिवक्ता भरतबहादुर थापाका अनुसार अहिलेसम्म वकालत नामा गर्नेहरु ५ वरिष्ठ अधिवक्ता र अरु अधिवक्ता छन्।
वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले अभियुक्तका पक्षबाट बहस गर्न वकालतनामा गरेका छन्। थापाका अनुसार अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी,शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, लक्ष्मण न्यौपाने, मधुसुधन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, अशोक पोखरेल, मोहन कोइराला र टंक उप्रेती लगायत ३० जनाले अभियुक्तका तर्फबाट बहस गर्नेछन्।
एक हप्ताअघि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा सुरू भएको उनीहरूको बयान मंगलबार साँझ सकिएको थियो। मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकका अनुसार उनीहरूले प्रहरी र छानबिन समितिलाई दिएको बयानभन्दा न्यायाधीश समक्ष दिएको बयान फरक छ।
उनले भनेः‘बयान सबैले फेरेका छन्। उनीहरुसबैले अनुसन्धान अधिकारीलाई दिएको र समितिलाई दिएको बयान न्दा न्यायाधीशसमक्ष दिएको बयान फरक छ। हामीले सुन तस्करी गरेको हैन, त्यसबारे थाहा छैन, जान्दैनौं, घटनाबारे जानकारी छैन जस्ता कुराहरु भनेका छन् ।’
जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ६३ मध्ये प्रहरीले पक्राउ गरेका ३० अभियुक्तको बयान सकिएको हो। उनीहरुविरुद्ध ८ सरकारी वकिलले बहस गर्नेछन्।
मोरङ सरकारी वकिल कार्यालयका प्रमुख पुण् प्रसाद पाठकका अनुसार सुनकाण्डमा बहस गर्न २ सहन्यायाधीवक्ता २ उपन्यायाधीवक्ता, २ जिल्ला न्यायाधीवक्ता र २ जना सहायक जिल्ला न्यायाधीवक्ताको टिम बनेको छ। सहन्यायाधीवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवकेता पुण्य प्रसाद सापकोटा,पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्ने छन्।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।
यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.