![]()
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरको विवाहमा अभिनेता सलमान खान र शाहरुख खानले एकसाथ रमाइलो गरेका छन । उनीहरुले गीत गाउनुकासाथै नाचगान गरेर पार्टीमा रमाइलो गरेका हुन ।
कार्यक्रमका सहभागी बलिउड अभिनेता सलमान खान र साहरुख खानको उक्त भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ। भिडियोमा सोनमकी आमालाई सलमान र साहरुखले गीत गाएर सुनाएका छन्।
उक्त गीत सुनेर सोनमकी आमा खुब लजाएकी छन्, जुन भिडियोमा देख्न सकिन्छ। उनीहरुको यो रमाइलोमा सोनम–आनन्दका साथै अनिल कपुर, मिका सिंह, रणविर सिंह लगायतका कलाकारहरुले साथ दिएका थिए।

