Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बुटवल,बैशाख ।
प्रदेश नम्बर पाँचको प्रदेश सभाको पहिलो अधिवेशन मंगलबार रातिबाट सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको प्रदेशसभाका सचिव मानबहादुर विकले जानकारी दिए ।
माघ २१ गते सुरु भएको अधिवेशनमा २२ बैठक भएका छन् । यही अधिवेशनले सभामुख, उपसभामुखको निर्वाचन गरेको छ भने ४ वटा संसदीय समिति पनि बनाएको छ । अधिवेशनमा प्रदेशसभाको नीति तथा कार्यक्रम तथा बाँकी अवधिको बजेट समेत पारित भएको छ ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरुको सेवा सुविधाबारे बनेको विधेयकको संशोधन अधिवेशनमा पेश भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.