![]()
काठमाडौ,बैशाख ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि अघि सारेका ४ बुँदे माग एमाले अध्यक्ष केपी ओलीले पुरा गरिदिने सहमति जनाएपछि दुई पार्टी एकता टुङ्गोमा पुग्ने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त अघि सारेपछि एकता प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।
दुवै पार्टीका नेताहरुले बाहिर नल्याए पनि ओली र प्रचण्डबीच केही विषयमा भद्र समझदारी भएको स्रोतको दावी छ । प्रचण्डको मुख्य चासो रहेको केन्द्रीय कमिटीमा बराबरीको हैसियतलाई ओलीले अधिकतम सम्बोधन गरेको स्रोतको दावी छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुसँगको परामर्शमै ओलीले प्रचण्डका सरोकार सम्बोधन गरेको एमालेका एक नेताले बताए ।
एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्दीय कमिटी यथाव रहनेछ । माओवादीलाई यसअघि ९९ सदस्य भनिएकोमा अब करिव ५० जना थप गरेर ६०–४० को हैसियतमा एकीकरण हुने भएको छ । स्रोतका अनुसार रामबहादुर थापा बादल संयोजक रहेको विधान मस्यौदा कार्यदलले प्रस्ताव गरेको २९९ सदस्यीय केन्द्रीय कमिटीको आकार अब केही ठूलो हुने भएको छ । माओवादीको मागलाई सम्बोधन गर्ने गरी ३५० को आसपासमा केन्द्रीय कमिटी बन्ने भएको छ । एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्दीय कमिटी यथाव रहनेछ । माओवादीलाई यसअघि ९९ सदस्य भनिएकोमा अब करिव ५० जना थप गरेर ६०–४० को हैसियतमा एकीकरण हुने भएको छ । यद्यपि दुबै पक्षले प्रतिशतका आधारमा केन्द्रीय कमिटी नबन्ने बताइरहेका छन् ।
केन्द्रीय कमिटी ३५० माथिको भएपछि पोलिटब्यूरो पनि ११५ सदस्यीय हुनेछ । त्यस्तै स्थायी कमिटी ३७ देखि ३९ सदस्यको बीचमा रहने वार्ता प्रक्रियामा सहभागी नेताहरुले बताएका छन् । पार्टीको दैनिक कार्यसञ्चालन गर्न दुबै अध्यक्षले तोकेका कम्तिमा एक–एकजना नेता संयोजक र सहसंयोजक रहने गरी केन्द्रीय सचिवालय बन्नेछ । पार्टी एकता वार्तामा सक्रिय एक नेताका अनुसार ओलीले प्रचण्डलाई २ वर्षपछिको अध्यक्ष ग्यारेन्टी गर्न सकेनन् । तर, तीन वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्न भने सहमति जनाएका छन् । प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री हुने भद्र सहमति भएको छ । तर, यसलाई लिखितरुपमा सार्वजनिक गर्दा सरकार कमजोर नहोस् भन्नेमा दुबै पक्ष सहमत भएका छन् । प्रचण्डले आधा–आधा कार्यकाल मागे पनि अन्तिममा २ वर्षमा सहमति भएको हो ।


