Breaking News.... EverestOnlineKhabar
June 28, 2026

संयुक्त अरब एमिरेट्सकी राजकुमारीको अवस्थाबारे ह्युमन राइट्स वाचको चासो

Loading

 बीबीसी। अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले हराइरहेको भनिएकी संयुक्त अरब एमिरेट्सकी राजकुमारीको अवस्थाबारे जानकारी गराउन दुबईका अधिकारीहरूलाई आग्रह गरेको छ। विदेशमा स्वतन्त्र रूपमा जीवन बिताउने भन्दै गत मार्चमा शेख लतिफाले देश छाड्ने प्रयत्न गरेकी थिइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार लतिफा चढेको विलासी डुङ्गा भारतमा फेला पारिएपछि उनलाई दुबई फर्काइएको थियो। त्यसपछि उनी देखिएकी छैनन्। उनी संयुक्त अरब एमिरेट्सकी शासक शेख मोहम्मद बिन राशिद अल मक्तुमकी छोरी हुन्। दुबईका अधिकारीहरूले कानूनी कारणले त्यसबारे टिप्पणी गर्न नसकिने बताएका छन्। विवरणहरूमा जनाइए अनुसार देश छाड्ने प्रयास गर्दा लतिफालाई तत्कालै नियन्त्रणमा लिइएको थियो।

शाही हैसियत त्याग्दै प्रेम विवाह

शेख
लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम

अनुसन्धानका अनुसार लतिफाले एकजना पूर्व फ्रान्सेली जासुस र फिनल्याण्डकी मार्सल आर्ट प्रशिक्षकको सहयोग पाएकी थिइन्।  ह्युमन राइट्स वाचले भनेको छ, दुबईका अधिकारीहरूले राजकुमारी लतिफा रहेको ठाउँबारे ‘खुलासा’ गर्नुपर्छ र उनको ‘कानूनी हैसियतबारे’ स्पष्ट पार्नुपर्छ।

उसको विज्ञप्तिमा भनिएको छ, “राजकुमारी भएको स्थान र उनको अवस्थाबारे सार्वजनिक गर्न नसकिए त्यो उनलाई बेपत्ता पारिएको सरह ठहरिनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.