![]()
काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्न टेलिकम सञ्चालक समितिले सरकारलाई सिफारिस गरेको छ । सञ्चालक समितिको हालै बसेको बैठकले नियतबस नै कामिनीले नेपाल टेलिकम धराशायी पारेको निकर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले कामिनीकै कारण नेपाल टेलिकमले अबौैं व्यापार गुमाएको र फोरजीलगायत सेवामा जानेरै ढिलासुस्ती गरिदिँदा बजार निजी कम्पनीले ओगटेको निष्कर्ष निकालेपछि सञ्चालक समितिले कामिनी हटाउने प्रक्रिया अगाडि बढाएको हो ।
सञ्चालक समितिको यस्तो निर्णयपछि प्रबन्ध निर्देशक राजभण्डारी विदा लिएर कार्यालय जान छाडिसकेकी छन् । टेलिकमको निर्देशिकाअनुसार सञ्चालक समितिले प्रबन्ध निर्देशकको कार्यसम्पादन गरी बर्खास्त गर्नेसम्मको सिफारिस गर्न सक्छ । वैशाख २० मा बसेको सञ्चालक समितिको बैठकले यस्तो सिफारिस गरेको हो ।


