![]()
बीबीसी। अमेरिकाको हवाई राज्यस्थित टापुमा ज्वालामुखी विस्फोटपछि ६ दशमलव ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । किलाउ पहाडमा ज्वालामुखी विस्फोट भएपछि शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । सो क्षेत्रमा सन् १९७५ पछि कै ठूलो भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ ।
भूकम्पका कारण ती क्षेत्रका अधिकाशं घरमा क्षति पुग्नुका साथै सडक समेत चर्किएको छ । यद्यपी, सो क्षेत्रमा सुनामीको खतरा भने नरहेको जनाइएको छ । ज्वालामुखि विस्फोट पछि किलाउलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । यसअघि, ज्वालामुखी विस्फोटपछि त्यस क्षेत्रबाट लाभा निस्किएको थियो ।
ज्वालामुखी विस्फोट भएको स्थानबाट हानिकारक सल्फर डाईअक्साइड ग्यास निक्लिरहेकाले स्थानीयलाई त्यहाँको सरकारले अन्यत्र जान आग्रह गरेको थियो । ज्वालामुखी विस्फोट भएपछि १ हजार ७ सय जनालाईसुरक्षित स्थानतर्फ जान आग्रह गरिएको थियो । ज्वालामुखी विस्फोट भएको स्थानबाट हानिकारक सल्फर डाईअक्साइड ग्यास निक्लिरहेकाले स्थानीयलाई अन्यत्र जान आग्रह गरिएको हो ।


