![]()
बीबीसी । भारतको राजस्थान र उत्तर प्रदेशमाआएको आँधीले राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । १४० भन्दा बढी मानिसहरुको घाइते भएका छन् । आँधी २० किमी प्रतिघण्टाको गतिमा आएको थियो । आँधीको कारण कयैन रुख र बिजुलीका पोलहरु लडेका छन् । कयैन स्थानमा सडक र रेलमार्गमै रुख र बिजुलीको पोल लडेकाले यातायात व्यवस्था ठप्प भएको छ ।
आँधीले राजस्थानका ३ जिल्लाहरु बढी प्रभावित भएका छन् । यसमा भरतपुर, धौलापुर र अलवर सबैभन्दा बढी प्रभावित रहेका छन् । भरतपुरमा १२, धौलपुरमा १० र अलवरमा ४ जनको मृत्यु भएको छ । त्यहाँ १०० जना घाइते भएका छन् ।
बीकानेरमा ३८ किमी प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यो दौरानमा ५०० मिटर भिजिविलिटी थियो । त्यसबेला ४५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर ३५ डिग्री सेल्सियसमा पुगेको थियो । जयपुरमा १८ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । त्यहाँ आँधीको कारण तापक्रम ८ डिग्री सेल्सियस कम भएको थियो ।
उत्तर प्रदेशमा तीब्र गतिमा आएको आँधी र वर्षाका करण ४५ जनाको ज्यान गएको छ । आँधीबाट आगरा सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ३६ मानिसको ज्यान गएको थियो । ३८ मानिसहरु घाइते भएका छन् । स्थानीय अधिकारीहरुले सबै प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यक्रम पुर्याउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले मृत्यु भएका मानिसहरुको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार अनुदान दिने घोषणा समेत गरेका छन् ।


