Breaking News.... EverestOnlineKhabar
October 3, 2026

विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवश मनाइँदै

Loading

काठमाडौ,बैशाख ।
आज मे ३ अर्थात विश्वभर २५औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको प्रस्तावलाई सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेपछि हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाइँदै आएको छ। नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो।
दिवसकै अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालका सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिएका छन्। राज्यमन्त्री बाँस्कोटाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा सन् २०१७ मा मात्रै पेसागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको तथा केहि दिनअघि मात्रै अफगानिस्तानमा विद्रोहिको आक्रमणको क्रममा १० पत्रकारको मृत्यु भएको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
राज्यमन्त्री बाँस्कोटाले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको र अभ्यासमा पनि त्यही अनुसारको वातावरण बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले पत्रकारको सम्मान, प्रोत्साहन र सामाजिक सुरक्षाका लागि पनि सरकार गम्भीर भएको स्पष्ट पारेका छन्।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसकै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले पनि एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण पत्रकारहरुलाई शुभकामना व्यक्त गरेको छ। महासंघले यस वर्ष सम्पन्न तीन तहको निर्वाचनको सन्दर्भमा राज्यपक्षबाट नै प्रेस स्वतन्त्रता हननका घटना बढी भएको टिप्पणी गरेको छ।
महा सङ्घले २०१७ मे ४ देखि २०१८ मे २ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। यस्ता घटनामा सबैभन्दा बढी पत्रकारमाथि धम्की र दुव्र्यवहारका १९ घटना भएका छन् भने भौतिक आक्रमणका १७ वटा घटना र पत्रकार पक्राउका १६ वटा घटना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा महासङ्घले प्रेस स्वतन्त्रता हननविरुद्धका दण्डहीनता र ‘सेल्फ सेन्सरसिप’ कायमै रहेको जनाएको छ।
महासङ्घले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed