Breaking News.... EverestOnlineKhabar
June 28, 2026

यातायातमा सिन्डिकेटःव्यवसायी विभाजित,वाम व्यवसायीले सरकारलाई सहयोग गर्ने…?

Loading

काठमाडौ,बैशाख ।
यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएका छन्। एमाले र माओवादी केन्द्र समर्थित (वाम पक्षधर) यातायात व्यवसायी संघले बुधबार छुटटै कार्यक्रम गरी वार्ताका लागि सरकारसँग याचना गरेको छ। विभागले ल्याएको संशोधित निर्देशिका खारेज नभएसम्म वार्ता नै नगर्ने घोषणा महासंघले गरेको थियो।
तर महासंघको निर्णयबाट पछि हट्दै सत्तासिन दलसम्बद्ध नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन (एमाले) र गणतान्त्रिक यातायात व्यवसायी संघ (माओवादी केन्द्र) ले तत्काल वार्ता गर्न आग्रह गरेको छ। एमाले÷माओवादीले आफूनिकट यातायात व्यवसायीलाई सरकारी कदमको समर्थनमा माहोल निर्माण गर्न आन्तरिक सर्कुलर गरेकाले यस्तो निर्णय आएको यातायात व्यवसायी नै बताउँछन् । व्यवसयाी दुई चिरामा विभाजित भएसंगै सिण्डिकेट पक्षधरहरु स्वतःकमजोर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.