Breaking News.... EverestOnlineKhabar
August 11, 2026

सरकारसंग लिखित सम्झौता नभएसम्म सरकारमा नजाने फोरमको अडान…

Loading

काठमाडौ,बैशाख ।
संघीय समाजवादी फोरम तत्काल सरकारमा सहभागि नहुने भएको छ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासंघ नेपालबीच मंगलबार भएको एकता घोषणा कार्यक्रममा उनले तत्काल सरकारमा नजाने अडान दोहो¥याएका हुन् ।
उनले भनेः‘जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जाँदैनौँ। बरु विपक्षीको भूमिका निर्वाह गर्छौं।’ अध्यक्ष यादवले दुवै संगठनको एकता भएको घोषण गर्दै श्रमिक हकहित र संरक्षणका लागि संघर्षरत दुई संगठन एक हुनु राम्रो भएको बताए। अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिबी, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed