![]()
काठमाडौ,बैशाख ।
३३ किलो अवैध सुन आयातमा सहयोग पुर्याउने र सनम शाक्य हत्यामा संलग्न रहेका भनिएकासमेत गरी ६२ जनाविरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने तयारी गरिएको छ ।
सनम हत्यामा सुन तस्करीका मुख्य अभियुक्त चुडामिण उप्रेतीका चालकसहित ६ जना र अन्य गरी ६२ जना विरुद्ध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । गोरेका सहयोगी सनमको विराटनगरमा हत्या भएको थियो । उनको हत्यामा संलग्न भनिएकाहरु मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे र राजन कुमार रहेका छन् ।
त्यसबाहेक पूर्वडीआईजी, बहालवाला एसपी, डीएसपी, सई लगायत रहेका छन् भने विमानस्थलका कर्मचारी र व्यापारी गरी २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसबाहेक फरार रहेका गोरेसहित ३४ जनाविरुद्ध पनि मुद्दा चलाउने तयारी भएको छ ।


