![]()
भावना संगीतप्रेमी
कहिले जीवन आगो हुन्छ कहिले हुन्छ पानी
पिरब्याथा लुकाएर हास्ने मजदुर हामी
हजुर हास्ने मजदुर हामी ।
*************-*******************
मनको पिडा कस्ले बुझ्ने याहा धडकन छामी
बिधाताले यस्तै लेख्यो जस पाउदैनौ हामी
हजुर जस पौदैनौ हामी ।
********************************
चोली सिउने दर्जी दाइ फाली पिट्ने कामी
जस्ले हिलो छर्केपनि हिरा सधै नामी
हजुर हिरा सधैं नामी ।
******************************
गरीखाने भाडाे तिनको छारो हाल्छन धामी
कुन पापीको श्राप पार्यो अबजस पाँउने हामी
हजुर अबजस पाँउने हामी ।
कहिले जीवन आगो हुन्छ कहिले हुन्छ पानी
पिरब्याथा लुकाएर हास्ने मजदुर हामी
हजुर हास्ने मजदुर हामी ।।


