Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि रवीन्द्र तिवारीले जितेका छन् । गोकर्ण गल्फ क्लबमा तिवारीले सर्वाधिक ४१ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।

६ ह्यान्डिक्याप्डका तिवारीले पाँचौं तथा अठारौं होलमा बर्डिज गरेका थिए । त्यस्तै नवौं, सोर्हौं र सत्रौं होलमा ड्रपसट खेलेका तिवारीले उपाधि जित्दै १ लाख रुपैयाँ तथा कुलप्याड स्मार्टफोन पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा दोस्रो स्थानमा भरत बस्ताकोटी र भाइराजा पाण्डेले समान ४० स्कोर गरे । एकदिने प्रतियोगितामा पृथ्वी मल्लले उत्कृष्ट ग्रस उपाधि जितेका छन् । उनले सर्वाधिक ३९ ग्रस अंक पाए । उत्कृष्ट ग्रस उपाधि जितेका मल्लले ५० हजार बराबरको गिफ्ट भौचर पनि प्राप्त गरे ।

महिलातर्फको उपाधि भने दक्षिण कोेरियाकी मिया लि वनले जितिन् । ४२ अंक जोडेकी वनले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगिताको सिनियर विधामा नेपाली सेनाका पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले विजेता बनेका छन् भने जुनियरतर्फ सद्भाव आचार्य विजेता बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.