Breaking News.... EverestOnlineKhabar
August 31, 2026

विप्लवसंग यसकारण त्रसित छन् प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

Loading

काठमाडौ,बैशाख ।
पार्टी एकताको लागि मिल्न बाँकी रहेका विषयमा छलफल गर्न बसेका प्रधानमन्त्री केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकता भन्दा पनि नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले गरिरहेको गतिविधिमा केन्द्रित भयो । यसबाट प्रष्ट हुन्छ कि यी दुई नेता विप्लवसंग कति त्रसित छन् भनेर । प्रधानमन्त्री ओली र प्रचण्डवीचको भेटमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए । राजनीतिक नेताहरुको जमघटमा गृहसचिव प्रेम राईसमेत निम्त्याइएका थिए ।
बैठकमा सहभागि एक नेताले भनेः‘त्यहाँ वाम एकताका बारेमा छलफल भएन, देशको शान्ति सुरक्षाका मामिलामा मात्रै कुराकानी भयो ।’ प्रचण्ड र ओलीवीच हुँदै आएको पार्टी एकतासम्बन्धी छलफल वैशाख ९ गतेको ब्यानर काण्डपछि सघन बन्न सकेको छैन । शुक्रबार दुई नेताहरुवीच भएको छलफल पनि सकारात्मक रुपमा अघि बढ्न सकेन ।
देशका विभिन्न भागमा विप्लव समूहले स्थानीय जनप्रतिनिधिहरुलाई राजीनामा गर्न धम्की दिइरहेको र सुरक्षा थ्रेट बढेको भन्दै यसबारे कस्तो रणनीति अपनाउने भन्ने विषयमा शनिबार छलफल भएको स्रोतले जानकारी दियो । सरकारले विप्लव समूहका गतिविधिलाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिँदै आएको छ । यसका साथै आदिवासी जनजातिले दिइरहेको आन्दोलनको धम्की लगायतका विषयमा पनि छलफल केन्द्रित रहेको स्रोतले बतायो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि नजिकिँदै गएकाले यसमा पनि सुरक्षा सतर्कता बढाउनुपर्ने विषयमा कुराकानी भएको थियो ।
केपी ओली नेतृत्वको सरकारले विप्लव समूहमाथि कस्तो व्यवहार गर्ने भन्ने स्पष्ट नीति बनाउन सकिरहेको छैन । सरकारले सो पार्टीका कार्यकर्ता नेतालाई भेटेसम्म गिरफ्तार गर्दै आएको छ । माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहप्रति कडा टिप्पणी गर्दै आएका छन् । शान्ति सुरक्षामा खलल पुर्याउने कसैलाई पनि कानूनी दायरामा ल्याइने गृहमन्त्रीले बताउँदै आएका छन् ।
एमाले र माओवादीले हालै तयार पारेको पार्टी एकतासम्बन्धी दस्तावेजको पृष्ठ १९ मा भने विप्लव समूहमाथि राजनीतिक व्यवहार गर्ने संकेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.