Breaking News.... EverestOnlineKhabar
August 31, 2026

अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा बम विस्फोट, यस्तो भयो क्षति

Loading

संखुवासभा,बैशाख ।
अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी–९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे बम विस्फोट भएको र त्यसबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको जनाएको छ । प्रहरी निरिक्षक वेदप्रसाद गौतमले भनेः‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन ।’
विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाएइको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.