Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

एजेन्सी।  अल फुजाइराह क्लबको प्रशिक्षकबाट डिएगो म्याराडोनाले  राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए ।  संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा दिएको बताइएको छ ।

शुक्रबार खोर्फाकान क्लबसँग अल फुजाइराह क्लब १–१ को बराबरीमा रोकिएको थियो । यससँगै शीर्ष दुईमा पर्ने सम्भावना सकिएको छ ।

यसअघि म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००८ देखि २०१० सम्म प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी अल वास्ल क्लब हुँदै पछिल्लो समय अल फुजाइराह क्लबमा प्रशिक्षकको भूमिकामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed