Breaking News.... EverestOnlineKhabar
October 2, 2026

माइतीघर मण्डलामा असारदेखि प्रदर्शन गर्न नपाइने

Loading

काठमाडौं । माइतीघर मण्डलामा आउँदो जेठ मसान्तपछि मात्रै प्रदर्शन गर्न रोक लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदो जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको हो ।

यहि २ वैशाखमा सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो । यसअनुसार वैशाख १६ गतेदेखि माइतीघर मण्डला, रत्नपार्कसहितका ठाउँमा सार्वजनिक कार्यक्रम वा प्रदर्शन गर्न नपाइने भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका काठमाडौंले बिहीबार सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्बन्धी निर्णय असार १ बाट मात्र लागु हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed