Breaking News.... EverestOnlineKhabar
August 29, 2026

मनमोहन मेमोरियल अन्तर प्रदेशीय यू-१६ राष्ट्रिय क्रिकेट टुर्नामेन्ट बिहिवारबाट

Loading

काठमाडौं। मनमोहन मेमोरियल अन्तर प्रदेशीय यू-१६ राष्ट्रिय क्रिकेट टुर्नामेन्ट बिहिवारबाट सुरु हुने भएको छ। ३० ओभरमा खेलाइने खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए।

एमाले नेता तथा पूर्वप्रधानमन्त्री महमोहन अधिकारीको सम्झनामा आयोजना गरिएको खेलमा ७ प्रदेशका ७ समूह सहभागी हुनेछन्। दुई समूहमा खेलाईने खेलमा समूह ए मा २, ४, ५ र ७ प्रदेश रहेको छ भने समूह बिमा प्रदेश १, ३ र ६ रहनेछन्।

खेल बिहिबारबाट १९ गतेसम्म कीर्तिपुरको खेल मैदानमा हुनेछ। उद्घाटनमा प्रदेश १ र प्रदेश ३ बीच खेल हुनेछ। राष्ट्रिय क्रिकेट टिमका कोच जगत टमटाले यो टुर्नामेन्ट राम्रो कन्सेप्ट भएको र नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताए। एक साता चल्ने खेलमा दुई समूहको शीर्ष स्थानमा पुग्ने समूह उपाधिका लागि भिड्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.