Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश २ मा आज सार्वजनिक विदाःजनकपुरमा आज जानकी नवमी मनाईँदै

Loading

जनकपुर,बैशाख ।
जनकपुरमा आज जानकी नवमी एवं जानकी जन्म महोत्सव धुमधामसित मनाईँदैछ । आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । जानकी नवमीको अवसरमा आज बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिरलगायतको मन्दिरहरुमा पूजा–आजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।
विगतका वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउन लागिएको हो । सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलहीझैँ सिंगारिएको छ । यस वर्ष वैशाख ३ गतेदेखि १६ गतेसम्म १४ दिन मनाउन लागिएको छ । मन्दिरको बाहिरी र भित्रि परिसरमा टेन्ट, पण्डाल निर्माण गरिएर धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed