Breaking News.... EverestOnlineKhabar
June 26, 2026

आईपिएलःदिल्लीको निरन्तर हार, पन्जाब शीर्ष स्थानमा

Loading

पञ्जाब,बैशाख ।
दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खराब प्रदर्शन जारी राखेको छ । आईपीएलमा खराब लय कायम राख्ने क्रममा दिल्ली सोमबार राति घरेलु मैदानमै किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको छ । दिल्लीको लिगमा यो छैटौं खेलमा पाँचौ हार हो । लिगमा मात्र २ खेल जितेको दिल्ली लिगको पुछारमा रहेको छ ।  यता, पन्जाबको यो पाँचौ जित हो । पन्जाब ६ खेलबाट ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पन्जाबले ८ अंक जोडेको चेन्नई सुपर किंग्सलाई पछि पारेको हो ।
दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा पन्जाबले दिएको १४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि श्रेयस आयरले ५७ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै दिल्लीका राहुल टेवाटियाले २४, पृथ्वी पंकजले २२ र ग्लेन म्याक्सवेलले १२ रन जोडे । दिल्लीलाई कम स्कोरमा रोक्न पन्जाबका मुजिब उर रहमान, अंकित राजपुत र एन्ड्रयु टेले समान २ – २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन जोडेको थियो । विस्फोटक ब्याट्सम्यान क्रिस गेलबिना मैदान उत्रेको पन्जाबको लागि करुण नायरले ३४, डेभिड मिलरले २६ तथा लोकेश राहुलले २३ रन जोडे । यस्तै मायांक अग्रवालले २१ रन जोड्दा युवराज सिंहले १४ रन जोडे । दिल्लीका लिआम प्लुंकेटले ३ विकेट लिदा आभेस खान र ट्रेन्ट बोल्टले समान २ – २ विकेट लिए ।
यो हारसँगै दिल्लीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ । यो सिजन पन्जाबसँग दिल्लीको लगातार दोस्रो हार हो । दिल्ली पहिलो खेलमा पन्जाबसंग उसैको मैदानमा ६ विकेटले हारेको थियो । यस्तै दिल्लीको टोलीमा रहेका लेग स्पिनर सन्दिपले मैदान उत्रने मौका समेत पाएका छैनन् । अघिल्ला पाँच खेलमा टिममा पर्न असफल सन्दिप पन्जाबविरुद्ध टिममा नपरेका हुन् । चार विदेशी खेलाडी मैदान उतार्न मिल्ने खेलमा दिल्लीले विदेशी खेलाडीमा लिआम प्लुंकेट, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ड र ड्यानियल क्रिस्टेयनलाई टिममा राखेको थियो ।
घरेलु मैदानमा दिल्लीलाई हराएसँगै पन्जाबले प्ले अफमा स्थान बनाउने सम्भावना प्रवल बनाएको छ । लिगको शीर्ष चार भित्र रहने टोलीले अफमा स्थान बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed