![]()
एजेन्सी,बैशाख ।
क्यानडाको टोरन्टोमा एक भ्यानले फुटपाथमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार व्यस्त बजारमा घटना भएकोले धेरैको संख्यामा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनापश्चात् सवारी चालक भागे पनि केहि समयपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
स्थानीयका अनुसार चालकले सुरुमा भ्यानलाई फुटपाथमा उकालेको र पैदलयात्रीहरुमाथि भ्यान चलाएको बताए। केहि समयपछि भने उनले फेरि भ्यानलाई सडकमा नै ल्याएको थियो ।
घटनापछि टोरन्टो प्रहरीले सो स्थानलाई सिल गरेको थियो। उक्त क्षेत्रमा चल्ने सबै मेट्रो सेवाहरु समेतलाई स्थगित गरिएको थियो। एक सेतो भ्यान योंगबाट दक्षिण फिन्चतर्फ जाँदै गर्दा फुटपाथमा उक्लिएको थियो। घटनामा ८ देखि १० जना मानिस हताहती भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। हालसम्म यकिन संख्या स्पष्ट भइसकेको छैन।
घटनापछि घाइतेहरुको उद्दार तथा अनुसन्धानका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनाको पछिल्लो अवस्थाको बारेमा लगातार जानकारी लिइरहेको बताए।


