Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रा.डा. गोविन्द केसीले भनेः‘ओली सरकार लुटतन्त्रवादी,अब माइतीघर मण्डलामा अनशन बस्छु’

Loading

काठमाडौ,बैशाख ।
डा.गोविन्द केसीले ओली नेतृत्वको वर्तमान सरकार निरंकुश एवं स्वेच्छाचारी भएको टिप्पणी गरेका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने सरकारी निर्णयलाई डा. केसीले निरंकुशताको पहिलो अभ्यास भन्दै आफूले यो निषेधाज्ञा तोडेरै छाड्ने बताए । लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा एक संचारमाध्यमसंगको अन्र्तवार्तामा डा. केसीले भनेः‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन् । यिनीहरुलाई लोकतन्त्रको मूल्य मान्यता पनि थाहा छैन, मर्म पनि थाहा छैन ।’
माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने डा. केसीले बताए । उनले भनेः‘उनीहरुले यो निर्णय फिर्ता लिनुपर्छ, होइन भने म त जान्छु माइतीघरमा । म त्यहीँ गएर विरोध कार्यक्रम गर्छु ।’
तीन दिनअघि माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागिता जनाएका डा. केसीले अब सरकारले १५ गतेभित्र निर्णय फिर्ता नलिए त्यहीँ बसेर आन्दोलन सुरु गर्ने बताए ।
उनले भनेः‘अरु मुद्दाहरु पनि उठाउने मैले विज्ञप्ति पनि निकालिसकेको छु । १५ गतेसम्म अल्टिमेटम दिएको छु, त्यसपछि म डेफिनेट्ली निशेधाज्ञा तोड्छु, म त अब त्यहीँ माइतीघर मण्डलामै बस्छु । मलाई पक्डिउन् । अरु मुद्दाहरु पनि त्यहीँ गएर गर्छु । अब त्यहीँ पक्डिउन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.