Breaking News.... EverestOnlineKhabar
August 29, 2026

दुई कोरियाका उच्च अधिकारीको बैठक बस्दै : शिखर सम्मेलनको तयारी हुँदै

Loading

बीबीसी ।  दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरुको शिखर सम्मेलनको तयारीका लागि उच्च अधिकारीको बैठक बस्ने भएको छ । झण्डै पाँच दिनपछि हुने शिखर सम्मेलनको तयारीलाई अन्तिमरुप दिन दुवै देशका उच्चअधिकारीको बैठक सोमबार बिहान बस्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

कार्यकारी भूमिका रहेका उच्च अधिकारी तहको सोमबार हुने बैठक तेस्रो हुनेछ । यसअघि दुई ओटा बैठकबाट उनीहरुले शिखर बैठकको लागि धेरै निर्णय र कामहरु गरिसकेका छन् । उनीहरुले शिखर बैठकको सुरक्षा व्यवस्था, मर्यादाक्रम र मिडिया व्यवस्थापनलगायतका विषयमा निर्णय गर्ने भएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच यही अप्रिल २७ तारिखका दिन औपचारिक भेटवार्ता गर्ने तयारी भएको छ । शिखर सम्मेलन उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने दक्षिण कोरियाको पान्मुन्जोम भन्ने ठाँउमा रहेको पिस होममा गर्ने यसअघि नै तय भइसकेको छ ।

विगतमा लामो समय एक आपसमा तितो सम्वन्ध रहेका दुई कोरियाका शिर्ष नेताहरुको शिखर सम्मेलनलाई संसारभरी महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.