![]()
एजेन्सी । म्यानचेस्टर युनाइटेड इन्ग्लिश एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा टोटनह्यामलाई २ – १ ले हराउदै युनाइटेड उपाधि नजिक पुगेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा एक गोलको अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो । युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एण्डर हरेराले समान एक एक गोल गरे । टोटनह्यामका डेली अलीले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने टोटनह्यामले बनाएको थियो ।
पहिलो हाफको ११ औं मिनेटमा अलीले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको २४ औं मिनेटमा युनाइटेडका सान्चेजले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा हरेराले गोल गर्दै युनाइटेडलाई २ – १ को महत्वपूर्ण जित दिलाए । अब मे १९ मा हुने फाइनलमा युनाइटेडले चेल्सी र साउथह्याम्पटनबीचको बिजेतासँग खेल्ने छ । योसँगै युनाइटेड २० औं पटक एफए कपको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडको पछिल्लो ३ सिजनमा यो दोस्रो पटक फाइनल यात्रा समेत हो


