Breaking News.... EverestOnlineKhabar
August 30, 2026

चिनियाँ राष्ट्रपति सि जिङपिङ उत्तर कोरिया भ्रमणको तयारीमा

Loading

एजेन्सी,बैशाख ।
उत्तर कोरियाली सर्वोच्च नेता किमको सफल चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति शि जिङपिङ पनि प्योङयोङ जाने तयारी गरिरहेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जिङपिङका लागि उत्तर कोरियाको यो पहिलो भ्रमण हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको बैठक लगत्तै यसको तयारी सुरु गरिने बताइएको छ । ट्रम्प र किमबीचको बैठक भने आगामी मे महिनाको अन्त्यतिर वा जुनको सुरुवातमा हुने बताइएको छ । चीन र उत्तर कोरिया लामो समयदेखि व्यापारिक साझेदार रहँदै आएका छन् ।
यसैबीच किमले पहिलो वैदशिक यात्रामा पनि चीन भ्रमण गरि निकट सम्बन्धको संकेत दिएका थिए । यस्तोमा गत मार्चमा किम चीनको गोप्य भ्रमणमा गएकै समयमा पनि राष्ट्रपति जिङपिङले उत्तर कोरिया भ्रमणको निम्ता स्वीकार गरेको जनाइएको थियो ।
पछिल्ला केही महिनाहरुमा उत्तर कोरियाको विदेश नीतिमा लगातार परिवर्तन आउने क्रम जारी रहेको छ । अहिले राष्ट्रपति ट्रम्प आफैँले पनि गुप्तचर विभागका निर्देशक माइक पोम्पेओले किम जोङसँग भेट गरिसकेको खुलासा गरेका छन् जसपछि ट्रम्प–किम बैठकको सम्भावना पनि बढ्न पुगेको बताइन्छ । गत हप्ता पनि चीनका वरिष्ठ अधिकारी चिनियाँ प्रश्तुतकर्ताका साथ प्योङयोङ पुगेका थिए । यस कार्यक्रमलाई किमले गहिरो मित्रता र विशेष सम्बन्धको प्रतिक भन्दै व्याख्या गरेका छन् । उता उत्तर कोरियाको राष्ट्रिय संचार केसिएनएले समेत जिङपिङको भ्रमणबारे उल्लेख गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.