Breaking News.... EverestOnlineKhabar
August 29, 2026

देशकै अभिभावक रहेका प्रधानमन्त्री ओली किन बन्दैछन एक दुइ बालबालिकाको मात्र अभिभावक ?

Loading

काठमाडौं । अहिले प्रधानमन्त्री केपी ओली देशका बिभिन्न स्थानमा जाँदै एक दुइ जना बालबालिकालाई बिद्यालय भर्ना गर्दै अभिभावकत्व ग्रहण गर्दैछन । उनले यसको सुरुवात मुुगुबाट गरेका थिए । बुधवार पनि प्रधानमन्त्री ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गरी अभिभावकत्व ग्रहण गरेका छन । प्रधानमन्त्री भनेको एक दुइ जनाको नभइ देशकै अभिभावक हो । सबै तह र तप्का वर्गमाथि उनको समान जिम्मेवारी हुन्छ । दुई बिद्यार्थीलाई बिद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेर उनले गर्न खोजेका के हुन त ? अहिले समाजिक संजालमा प्रश्न उठेको छ ।

खासमा सरकारले बिद्यार्थी भर्ना अभियान सुरु गरेको छ । यही अभियानलाई सफल बनाउन प्रधानमन्त्री ओली आफै सक्रिय भएका छन । यही क्रममा उनले बुधवार सिरहा जिल्लाको रामदुलारी मावि कल्यापुर पुगेर दलित बालबालिका रुपाकुमारी मण्डल(खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दुई बालबालिकालाई भर्ना गरेलगत्तै निरक्षरता उन्मुलनको यो अभियानमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए । उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

यसअघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए । प्रधानमन्त्रीको अभियान सांकेतिक भएपनि उनले देशभरका सबै जनता र उनीहरुका छोराछोरीप्रति समान व्यवहार देखाउन सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.