Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एकताका लागि बैशाख १२ को साइत टर्यो, विवादित बिषय मिलाउने जिम्मा ओली र प्रचण्डलाई

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख १२ गते एकता घोषणा गर्न गरेको तयारी तुहिने अवस्थामा पुगेको छ । मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा एकता सम्बन्धी विवादित मुद्दामा सहमति हुन नसकेपछि बैशाख १२ गते एकता घोषणा गर्ने सम्भावना लगभग समाप्त भएको हो ।

१२ दिनपछि बसेको समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि एकताको जिम्मा दुई अध्यक्षलाई प्रदान गरिएको छ ।
बैठकपछि बाहिरिदै एमाले महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ९ गते नै एकता गर्न असम्भव देखिएको जानकारी दिए । विवादित विषय दुवै दलले सार्वजनिक गर्न नचाहे पनि जनयुद्ध शब्दावली, निर्वाचन चिन्ह र बराबर हैसियत मुख्य बिषय रहेको सार्वजनिक भैसकेको छ । त्यो बाहेक पार्टी एकतापछि माओवादी अध्यक्ष दाहालको पोजिसन के हुने भन्ने स्पष्ट हुन नसकेकाले कुरा मिल्न नसकेको बताइएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष ओलीका अतिरिक्त एमालेबाट नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रबाट दाहालका अतिरिक्त श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed