![]()
काठमाडौ,बैशाख ।
एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बसिरहेको छ । दुई पार्टीबीच एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन बैठक बसेको हो । एमाले–माओवादी एकता वैशाख ९ गते लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न सकेको छैन । सोमबार दुई पार्टीका अध्यक्षबीच गाँठो फुकाउन छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलले टुङ्ग्याउन नसकेका विषयलाई टुङ्ग्याउने विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ । केही समयदेखिको संवादहीनताको बीचमा बैठक हुन लागेकाले चासोका साथ हेरिएको छ । बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ ।
एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।


