![]()
काठमाडौ,बैशाख ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको छ । जिल्ला सुरक्षा समितिले आगामी बैशाख १६ गतेदेखि लागू हुने गरी खुल्लामन्च, तीनकुने खुल्ला चौर, भूइँखेल चौर–भगवान पाउ, पेप्सीकोला– खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर र सिफल चौर– गौशाला गरी ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्ने स्थल तोकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।
तोकिएका स्थान बाहेक अन्य स्थानमा विरोध प्रर्दशन गर्न नपाईन काठमाडौ जिल्ला प्रशासनले जनाएको छ । तोकिएको स्थान बाहिर विरोध प्रर्दशन गरे कानुन अनुसार कारबाहि गरिने समेत जिप्रका काठमाडौले जारी विज्ञप्तीमा उल्लेख गरेका छ ।


