Breaking News.... EverestOnlineKhabar
August 15, 2026

राजीनामा दिएको ५ महिनापछि रोवर्ट मुगाबेले छाडे सरकारी निवास

Loading

एजेन्सी,चैत ।
जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपति पदबाट राजीनामा दिएको झण्डै ५ महिनापछि सरकारी निवासबाट बाहिरिएका छन्। हरारेमा रहेको सरकारी निवासबाट उनी बाहिरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता जर्ज चाराम्बाले उनी राष्ट्रपति नभएपनि अहिलेसम्म राष्ट्रपति कार्यालयमै बस्दै आएकोमा उक्त सरकारी आवास छोडेका बताए।
मुगाबे र उनको परिवार नगर परिसरमै रहेको ‘ब्लु रुफ’मा बस्दै आएका थिए। उक्त भवन मुगाबे आफैले राष्ट्रपति भएकै बेला बनाएका थिए। बेलायतबाट जिम्बाबेलाई स्वतन्त्र गरेदेखि ३८ वर्षसम्म उनले शासन गरे। उनलाई केही महिना पहिलेमात्र आकस्मिक रूपले पदत्याग गर्न बाध्य पारिएको थियो।
आफ्नै उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेकाले सेनाले त्यसलाई रोक्न उनलाई नै नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो।  उनले सन् २०१७ को नोभेम्बर २१ मा सैनिकको नियन्त्रणमा रहेकै अवस्थामा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। उनलाई संसदमा महाअभियोग प्रस्ताव पनि दर्ता गरिएको थियो।

महाअभियोगको प्रस्तावमाथि छलफल हुन थालेपछि सैनिक नियन्त्रणमा रहेको दुई दिनपछि उनले राजीनामा दिएका थिए। उनले हटाउन लागेका उपराष्ट्रपति सैनिकमाझ लोकप्रिय भएकाले मुगाबेलाई सैनिकले साथ दिएर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed