Breaking News.... EverestOnlineKhabar
October 3, 2026

सिरिया प्रकरण : अमेरिका–रूस तनाव बढ्दो, रूसलाई ट्रम्पले दिए चेतावनी

Loading

बीबीसी । सिरियामा गत सप्ताहान्तमा भएको रासायनिक हमलाको प्रतिक्रियास्वरूप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई सम्हालिएर बस्न चेतावनी दिएका छन । उनले उनकै शब्दमा सिरियाभित्र क्षेप्यास्त्रहरू प्रहार गरिने भन्दै सामाजिक संजालको वेबसाइट ट्वीटरमा सन्देश राखेका छन्। उनले रुसलाई ’तयार रहन’ पनि भनेका छन्।

वरिष्ठ रुसी अधिकारीहरूले कुनै पनि अमेरिकी हमलाको जवाफ दिइने भनेर धम्की दिएका छन् । यसअघि ट्रम्पले एकदमै कडा खालको प्रतिक्रिया जनाइने प्रतिबद्धता व्यक्त गरेका थिए।

रुसबाट सैन्य समर्थन प्राप्त गरिरहेको सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने कुनै पनि रासायनिक हमलामा उसको संलग्नता रहेको भनेर अस्वीकार गरेको छ ।

शनिवार सिरियाली विपक्षी अभियानकर्मीहरू, उद्धारकर्ताहरु तथा स्वास्थ्यकर्मीहरूले पूर्वी गुटास्थित डुमा नगरमा सरकारी फौजले विषाक्त रसायनयुक्त बमहरूले हमला गरेको बताएका थिए ।

सिरियाली अमेरिकी मेडिकल सोसाइटीले पाँच सयभन्दा बढी मानिसमा रासायनिक पदार्थसँगको सम्पर्कमा आएपछि देखिने लक्षणहरू देखिएको बताएका छन्।

बुधवार विश्व स्वास्थ्य संगठन, डब्लुएचओले, उसका साझेदारहरूले ७० जनाको ज्यान गएको जनाएपछि रासायनिक हमला भएको क्षेत्रमा विना रोकटोक पहुँच दिनका लागि माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed