Breaking News.... EverestOnlineKhabar
October 3, 2026

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो,रोमाको सनसनीपूर्ण जित

Loading

एजेन्सी,चैत ।
च्याम्पियन्स लिगको पहिलो लेगमा व्यहोरेको ४–१ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा रोमाले बार्सिलोनाले ३–० गोल अन्तरले हराएको हो । समग्रमा ४–४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरियो ।
घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसीले गोल गरे भने निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा मानोलसले निर्णायक गोल गरे ।
रोमाका खेलाडीहरुको तीव्र गति र उर्जावान प्रदर्शनका सामू ला लिगाको लिडर बार्सिलोना निरिह जस्तै देखिएको थियो ।
च्याम्पियन्स लिगको दोस्रो लेगमा सनसनीपूर्ण पुनरागमन गर्ने रोमा तेस्रो टिम हो । २००४ मा डिपोर्टिभोले एसीमिलानविरुद्ध र गत सिजन बार्सिलोनाले पीएसजीविरुद्ध यस्तै जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed