![]()
काठमाडौ,चैत ।
पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशबासीलाई नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री खनालले एक विज्ञप्ती मार्फत स्वदेश तथा विदेश–प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुख,सम्बृद्धि तथा सु–स्वास्थ्यको कामना गर्दै नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गर्नुभएको हो ।
एमालेका वरिष्ठ नेता तथा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले राजनीतिक स्थायीत्वसंगै नयाँ आउने वर्षमा मुलुक सम्मृद्धितर्फको यात्रामा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्षको बिहानीसंगै मुलुकको विकास र सम्मृद्धि देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतालाई मुलुकको सम्मृद्धिको लागि योगदान दिन समेत आह्वान गर्नुभएको छ ।
लामो राजनीतिक संक्रमण र आरोहअबरोधपछि मुलुले निश्चित राजनीतिक दिशा तय गरेकाले अब मुलुकको विकास र सम्मृद्धिको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ । मुलुकको अवस्था देखेर विदेशीन बाध्य भएका तमाम नेपाली युवालाई पनि स्वदेश फर्किएर मुलुकको विकासमा लाग्न आह्वान गर्नुभएको छ ।


