Breaking News.... EverestOnlineKhabar
June 27, 2026

आफ्नै इतिहास बिर्सिंदै नेपाली कांग्रेस, स्थापना दिवस नै मनाएन…..

Loading

काठमाडौ,चैत ।
नेपाली कांग्रेस स्थापना भएको चैत २७ गते मंगलबार ६८ वर्ष पुगेको छ । २००६ साल चैत २७ गते नेपाली कांग्रेसको स्थापना भएको थियो । तर,नेपाली कांग्रेसले विस्तारै आफ्नो इतिहास विर्सिदै गएको छ । नेपाली कांग्रेसले स्थापना दिवसको दिन हिजो मंगलबार कुनै पनि कार्यक्रम गरेन । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेः‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता–कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको बताए ।
उनले भनेः‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ । पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो ।’
बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम‘नेपाली कांग्रेस’ राखियो । उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन् । २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो । तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ ।
कांग्रेस मंगलबार ६८ वर्ष पूरा गरी ७९ औं वर्षमा प्रवेश गरेको छ । देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले सुरुका दिनमा स्थापना दिवस मनाए पनि पछिल्ला दिनमा भने दिवस मनाउनुको औचित्य नै देख्न छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.