Breaking News.... EverestOnlineKhabar
June 6, 2026

नेपाल–भारत सम्बन्ध बारे प्रधानमन्त्री ओलीको यस्तो हलुका टिप्पणीःभने‘तस्बिर आफै बोल्छ’

Loading

काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी स्वेदश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा अब नेपाल–भारत सम्बन्ध कस्तो छ ? भन्ने पत्रकारको प्रश्नमा‘तस्बिर आफैं बोलेको छ’ भन्ने प्रतिक्रिया दिएका थिए।उनले भनेः‘तस्बिर आफैं बोलेको छ, मैले केही भन्नुपर्ला जस्तो लाग्दैन ।’
प्रधानमन्त्री ओलीले लिखित रुपमा नआएका विषयलाई गम्भीर भएर समाधान गर्ने बताए। उनले भनेः‘जुन कुरा लिखित रुपमा आएको छ। हामीले त्यसलाई त्यसैगरी अगाडि बढाएका छौं, जुन कुरा लिखित रुपमा आउन बाँकी छ। त्यसलाई उछाल्ने होइन, समाधान गर्ने दिशामा हामी गम्भीर भएर लागेका छौं ।’
प्रधानमन्त्रीले भारतमा रहँदा त्यहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेता, वौद्धिक जगत, कूटनीतिक नियोगका व्यक्तिहरु, सञ्चार जगत, निजी क्षेत्र सबैसँग भेटघाट र छलफल भएको जानकारी दिँदै आफूले २१औं शताब्दीमा आफ्ना छिमेकी तथा बाँकी संसारसँग कसरी सम्बन्ध राख्न चाहेको हो भन्ने स्पष्ट पारेको बताए।
प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजनाका सम्बन्धमा, टनकपुरमा बाटो नहर नबन्दा परेको असरबारे ध्यान आकर्षित गरेको र आफू दिल्लीमा हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै कार्य अगाडि बढाउन तल्ला तहमा निर्देशन दिएको जानकारी पाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed