![]()
काश्की । कलाकार तथा समाजसेवी सिताराम कट्टेल अर्थात धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष धुर्मुस क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खोज्न पोखरा पुगेका छन ।
काठमाडौं, चितवन, मकवानपुर लगायतका थुप्रै स्थानमा जग्गा हेरिसकेपछि धुर्मुस शनिवार पोखरा पुगेका हुन । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, भरतपोखरी र हेम्जामा मैदान निर्माण गर्न उपयुक्त स्थानको अबोलकन गरेका छन्।
अवलोकनपछि उनले भने, ‘अहिले विभिन्न ठाउँमा जग्गा हेर्ने काम भैरहेको छ। उपयुक्त भौगोलिक वातावरण सहितको स्थानलाई बिज्ञको सल्लाह लिएर क्रिकेट मैदान निर्माण गर्छौँ।’
नेपाली क्रिकेट टोलीले प्राप्त गर्दै आएको सफलताले ऊर्जा मिलेको भन्दै उनले केही दिनपहिले नेपालमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए।


