![]()
एजेन्सी,चैत ।
अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँच चौकीमा तालिवान आतंककारीको आक्रमणमा परी कम्तीमा २ सैनिकको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। सयौँको संख्यामा आएका आतंककारीहरुले मङ्गलबार राती आक्रमण गरेका त्यसपछि दोहोरो गोली हानाहान भएको जनाइएको छ ।
दोहोरो झडपको क्रममा २ सैनिकको मृत्यु हुनुको साथै अन्य ५ सैनिक घाइते भएका अफगान रक्षामन्त्रालयले जनाएको छ । झडपको क्रममा धेरैको संख्यामा आतंककारीहरु पनि मारिएको तथा घाइते भएका मन्त्रालयले जनाएको छ । तर यसको एकिन संख्यामा पुष्टि हुन नसकेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।


