![]()
काठमाडौं । बिभिन्न बस ब्यवासायीहरुले सिन्डिकेटको पक्षमा रहँदै कोटेश्वर पूर्व सेवा ठप्प पारेपछि त्यसको बदलामा साझा यातायातले सेवा सुरु गरेको छ। साझाले बुधवारदेखि १६ वटा बसबाट बनेपासम्मको सेवा सुरु गरेको जनाएको छ।
साझा यातायातले काभ्रेका यात्रुहरुलाई सेवा दिन स्वयम्भूदेखि रत्नपार्क हुँदै बनेपासम्म सेवा बिस्तार गरेको हो। बिहीबारदेखि २० वटा बस धुलिखेलसम्म पठाउने तयारी गरिएको छ ।
बस ब्यवसायीको यातायात बन्दले काभ्रेका यात्रुलाई परेको असुविधालाई मध्यनजर गर्दै तत्कालका लागि साझाले सेवा बिस्तार गरेको हो।
कोटेश्वर पूर्वका ११ समितिहरु मिलेर अत्यावश्यक सार्वजनिक यातायात सञ्चालन नगरेपछि विभागले काठमाडौ उपत्यकामा चलिरहेका अन्य यातायात व्यवसायीहरुलाई धुलिखेलसम्म रुट इजाजत दिने निर्णय गरेको छ।
विभागले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलसम्मकफो रुट इजाजत लिन आउनका लागि यातायात व्यवसायीहरुलाई बुधबार आव्हान गरेको हो।


