Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्रीको भारत भ्रमण तयारी : पूर्वप्रधानमन्त्रीसहित बिज्ञहरुसंग परामर्श

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेबाट हुन गैरहेको आफनो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीसहित बिदेश मामिला बिज्ञहरुसंग परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतसंग छलफल गर्नूभएको हो । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी सदस्यहरु भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका बिज्ञहरु सहभागी हुनुहुन्थ्यो ।

भेटमा प्रधानमन्त्री ओलीले भारत भ्रमणमा राख्नुपर्ने एजेन्डालगायतका विषयमा पूर्वप्रधानमन्त्री तथा बिज्ञहरुसंग अनुभव र सुझाव माग्नु भएको थियो ।

प्रधानमन्त्रीलाई नयाँ सन्धी सम्झौता नभई पुरानै सम्झौताहरुको कार्यान्वयनमा जोड दिन भेटमा सहभागी पूर्व प्रधानमन्त्री तथा बिज्ञहरुले सुझाव दिनुभएको थियो ।

प्रधानमन्त्री ओली चैत २३ देखि तीन दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed