![]()
कैलाली । कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै पारश खड्का नेतृत्वको बिराटनगरले पहिलो जित निकालेको हो ।
१८२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रनमात्रै बनाउन सक्यो । रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । त्यस्तै, रुपन्देहीका लागि दीपक प्रसादले २२ रन बनाउँदा सुसान भारी २१ र कप्तान शक्ति गौचन १४ रनमा अविजित रहे ।
विराटनगर किंग्सका शुभम कामतले ३ र रामनरेश गिरीले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । विराटनगरका लागि बाबर हायतले ५८ रन बनाए । उनले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, ओपनर दिलिप नाथले ४३ र अनिलकुमार शाहले ३६ रन बनाए । कप्तान पारस खड्का २२ र सौरभ खनाल १७ रनमा अविजित रहे ।
पराजित भएको रुपन्देही च्यालेन्जर्सको प्ले अफमा पुग्ने सम्भावना पनि लगभग सकिएको छ । रुपन्देहीले ३ खेलमा ३ खेलमा नै पराजित भएको छ


