Breaking News.... EverestOnlineKhabar
June 5, 2026

सलमानको‘देश’ बाट किन भइन् प्रियंका आउट…..?

Loading

मुम्बई,चैत ।
बलिउडमा सलमान खान र कट्रिना कैफको जोडी निकै हिट छ । सलमानको आगामी फिल्म देशमा कट्रिना कैफको इन्ट्री भएको छ । यसअघि सो फिल्ममा प्रियंका चोपडाको चर्चा थियो । पछिल्लो समय हलिउडमा फोकस गरेकी प्रियंका त्यहाँ उल्लेख्य सफलता कमाउन सकिरहेकी छैनन् । त्यसैले उनी फेरि बलिउडमै केन्द्रित हुने योजनामा छिन् । क्वान्टिकोको आगामी श्रृंखलामा उनी देखिने छैनन् ।
बलिउडमा फेरि आफ्नो पकड बनाउन केही राम्रा फिल्महरुको उनलाई आवश्यकता छ । त्यसैले उनी सलमानको देशमा काम गर्न पाउने भएपछि निकै खुशी भएकी थिइन् । सलमानले पनि उनलाई बचन दिएका थिए । तर, साइन गर्न बाँकी थियो ।
तर, अन्त्यमा उनलाई धोका भएको छ । प्रियंकालाई पन्छाउँदै सलमान आफ्नी पूर्वप्रमिका कट्रिनातर्फ मोडिएका छन् । यसले प्रियंकालाई ठूलो झट्का लागेको छ । यद्धपि यो समाचारको आधिकारिक पुष्टि भएको छैन । कट्रिना र प्रियंका दुवैले यसबारेमा मुख खोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed