Breaking News.... EverestOnlineKhabar
June 5, 2026

डा.सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मान

Loading

काठमाडौ,चैत ।
नेपालका चर्चित आँखारोग विशेषज्ञ डा.सन्दुक रुइतले पद्मश्री सम्मान ग्रहण गरेका छन्। सोमबार भारतीय राष्ट्रपति राम नाथ कोविदले उनलार्इ भारतकै प्रतिष्ठित नागरिक सम्मान पद्मश्री प्रदान गरेका हुन्। राष्ट्रपति निवासमा भएको विशेष समारोहमा यो वर्ष पद्मश्री पाउने विशिष्ट व्यक्तिहरुलार्इ सम्मान गरिएको थियो। सम्मान घोषणा भने भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गत माघमा नै गरिएको हो।
नेपाली आँखा चिकित्सक डा.रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचारपछि प्रयोग हुने लेन्स निर्माणका लागि उनाई पद्मश्री दिएको बताएको छ। उनको खोजले मोतियाबिन्दूको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको र ३० भन्दा बढी देशहरूमा लेन्स निर्यात गर्ने गरेको उल्लेख छ। डा.रुइतले सन् २००६ मा म्याग्सेसे पुरस्कार पाएका थिए ।
तिलगंगा आँखा केन्द्र, काठमाडैंका निर्देशक रुइत ताप्लेजुङको ओलाङचुङगोलामा जन्मे हुर्केका हुन्। दार्जिलिङको मिसनरी स्कूल सेन्ट रोबट्र्समा उनले आफ्नो अध्ययन सुरु गरेका थिए। त्यसपछि एसएलसीसम्म काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गरे। त्रिचन्द्र क्याम्पसमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा तीन वर्ष बिताए। फेरि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विशेषज्ञता हासिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed