Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यू जारी

Loading

नयाँदिल्ली,चैत ।
भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ । प्रदर्शनका क्रममा सात जनाको मृत्यु भएको छ । रेल सेवामा अवरोध पु¥याइएको छ भने विभिन्न राज्यमा मुख्य राजमार्ग बन्द गरिएको छ ।
सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थप जाँच गर्नुपर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।
निर्णयले आफूहरुमाथिको आक्रमण बढ्ने उनीहरुको तर्क छ । प्रान्तीय सरकारले भने अदालतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
उत्तर प्रदेश, झारखण्ड, विहार, पन्जावमा पनि प्रदर्शनको प्रभाव परेको छ । सोमबारमात्र भारत बन्दको आह्वान गरिएको थियो । भारतमा सन् १०१६ मा मात्रै ४० हजारभन्दा बढी अपराध तल्लो जातविरुद्ध भएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed